मुख्य समाचारराजनीति

एमसीसी पास गराउन प्रधानन्यायाधीशसलाई महाअभियोग देखि चुनावी गठबन्धनसम्म

सरु श्रेष्ठ,

काठमाडौं – हाल चर्चामा रहेको एमसीसीको पक्ष वा विपक्षमा सरकारमा रहको पार्टीहरु र सरकार बाहिर रहेका पार्टीहरु धुव्रीकरण भैइरहेका छन् ।

स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेमतो गरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जनयुद्धकालको मुद्धा लगाउने, साथै एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई वालुवाटार जग्गा प्रकरण मुद्धाको फैसला गर्ने तयारी सत्ता गठबन्धनको वृतमा चलेपछि माआवादी केन्द्रका दाहाल र एकिकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानान्याधीस जवरालाई महाअभियोग प्रस्ताव सत्ता गठवन्धमा राखेका थिए ।

त्यसपछि एमसीसी टेवल गर्र्न सहमत भए मात्र प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरालाई महाअभियोग लगाउने सहमत भए पछि एमसीसी टेवल भएको स्रोतको वुझाई रहेको छ ।

उक्त गतिविधि पश्चात हाल स्थानीय चुनावको काम अगाडि वढिरहेको छ । स्थानीय चुनावमा माओवादी केन्द्र, एकिकृत समाजवादी एक्लै जान आनाकानी गरिरहेको देखिन्छ । चुनावमा उस्को परिणाम सन्तोषजनक नआउने भएपछि अहिलेको सत्ता गठबन्धन नै कायम राख्न चाहन्छ ।

सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस एमसीसी पास गराएर मात्र सत्ता गठबन्धनको यात्रालाई निरन्तरता दिन चाहन्छ । हाल एमसीसी संसदमा टेवल भैईसकेको छ ।

यति बेला नेताहरु सत्तारुढ गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेस एमसीसी प्रतिनिधिसभा बाट पास गराउन दौडधूप गरिरहेका छन् भने अन्य दलहरु गठबन्धन जोगाउने प्रयासमा लागि परेका छन् । गठबन्धनमा कांग्रेसको स्थान बलियो भएकोले यतिबेला अन्य दलहरु आफ्नो निर्णयलाई फितलो बनाईरहेका छन् । जस्को परिणाम एउटै पार्टीका नेता कार्यकर्ताहरु कोही सडकमा र कोही सदनमा उभिएर प्रष्ट देखाईसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button