मुख्य समाचारराजनीति

ओलीले महाराजाकोझैं पञ्चर्‍याली गर्दै हिँडेका छन्, -प्रचण्ड

 

कम्युनिस्ट पार्टी नेकपा , प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्‍याली गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल,सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताए ।

‘उहाँले पञ्चर्‍याली जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिला पहिला राजा महाराजाले जे गर्थे त्यही गर्नुभएको छ । त्यसको केही अर्थ छैन, कुनै महत्व छैन,’ प्रचण्डले बताउनु भएको छ।

संसद विघटनलाई प्रतिगमन भन्दै उनले प्रधानमन्त्रीले प्रतिगमनको बाटो पक्डिएदेखि नै हारिसकेको टिप्पणी गरे । ‘जतिबेला प्रतिगमनको बाटो पक्डिनुभयो, प्रतिक्रासिन्तको बाटो पक्डिनुभयो, उहाँ हारिसक्नुभएको छ, उहाँले मतमा पनि हार्नुहुन्छ, ब्यवहारमा पनि हार्नुहुन्छ,’ प्रचण्डले भने ।

नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धी प्रधानमन्त्री ओलीले धरापमा पारेको भन्दै उनले भने ‘आम नेपाली जनता र राम्रो दिमाग भएका व्यक्ति, उहाँका विरुद्धमा छन् ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button