स्वास्थ्य
पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु
पर्सामा थप एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका- २० हरपतगंजका ५३ वर्षीय पुरुषको सोमबार राती नारायणी अस्पताल अन्तर्गत सञ्चालित अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थकेयर हस्पिटल, गण्डक बहुअरीमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मधुमेह तथा मृगौलाका विरामी समेत रहेका उनमा कडाखाले निमोनियाका कारण श्वासप्रश्वासमा समस्या अई अचानक मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।
उनको साउन ३० गते स्वाब संकलन गरिएको थियो भने उनमा साउन ३१ गते संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।