मुख्य समाचारराजनीति
काठमाण्डौ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

मंसिर ७, काठमाण्डौ –प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जित हासिल गरेको छ । आज बिहान सम्पन्न काठमाण्डौ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधि सभा सदस्यतर्फ स्वतन्त्रकी उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो ।
यस क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाउनु भएको छ । काठमाण्डौ क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।