मुख्य समाचारराजनीतिविचार / दृष्‍टिकोणविशेष

टुट्दो पार्टी जनसम्बन्ध भित्र पुनरमिलनको प्रश्न

गंगा रावत(सागर) –

हामीले ठूलो संघर्ष र हजारौको बलिदानि गरेर वर्तमान नयाँ ब्यवस्थाको जन्म दियौ तर ब्यवस्था स्थापना पश्चात् प्रयोग भ्रष्ट दलाल पूंजीपति हरुको हातमा पर्न गयो । जन अपेक्षा बिपरित नयाँ ब्यवस्था भित्र खुलेआम लुटतन्त्र मच्चियो तर हामिले आफ्नै ब्यवस्थाको दुरुपयोग रोक्न सकेनौ टुलुटुलु मुखदर्शक मात्र बनी रहयौ ।

हामि पनी अबसर संग दुरिमा रहदा आदर्शवादी बन्ने तर मौका पर्दा सरकार सञ्चालन , जनसेवा प्रवाह , विकास , सुशासन , बजेट तथा कानून निर्माण लगायत विषयमा चुक्दै औपचारिकता कै निरन्तरता बाट हामिलाइ माथी उठाउँन सकेनौ । भ्रष्टाचार , कालोबजारी अनि परिवारवाद वरिपरी घुम्दै ठेकेदार जनप्रतिनिधिमा बदलिदिने हाम्रा केही नेताका सस्कार उपर बन्देज मार्न सकेनौ । यसरि सत्ताको चावी हात पर्दा सेवाको क्षेत्रमा सिन्को नभाचि वरिपरि हनुमानहरुको साघुरो घेरा बनाइ लुटको स्वर्ग निर्माण गर्ने हानिकारक कार्यसैली पार्टी जिवनका निम्ति स्खलनको पहिलो कारण बन्यो ।

हुनत हाम्रा केहिले चुनाव आसपास दस्तावेजमा , व्याख्या विश्लेषणमा क्रान्तिकारीनै हौं भनिरहे तर जित पश्चात् ूआपना काम बन्ता भाडमा जाय जन्ताू भनेझै राष्ट,जनता र कार्यकर्ता संगको दुरि बढाए । परिवर्तनको जिम्मेवारी पुर्तिमा बारम्बार चुकी रहे १ जतता र कार्यकर्ता भेटघाट उपर बन्देज मारे । एकमात्र उद्देश्य सेवा बन्नुपर्ने राजनिती अकुत आर्जनको धन्दा बनाईदा हामिले प्रतिवाद गरेनौ । केहिका यिनै गलत कार्यशैली हरुले संसदवादी पार्टी र हामी बिचको भिन्नता कतिसम्म घटाइदियो कि कतिपय घटनाक्रम हरुले हाम्रा बिजयि प्रतिनिधि अझ खराब पो हुन् कि भनि बहसहरु चले । जस्ले पैदा गरेको जननिराशा नै स्खलनको दोश्रो कारण बन्यो ।
जनता र आम कार्यकर्ता समस्या बोकि सिंहदरबार छिर्न घण्टौ कुर्नुपर्ने तर सिंहदरबार पुग्ने नेता वरिपरि घुमेर ठग्ने केही बिचौलिया हनुमानहरु जन्मिए जस्को सहज पहुच बेडैसम्म स्थापित गराइयो । हिडेकै बहानामा , फोटो खेचेकै बहानामा निशेधको गलत उत्तर प्रतिउत्तर बिच झुण्ड(झुण्डहरु को केही गलत अभ्यास हरु गराइयो । द्वन्दवादको यहि गलत प्रयोगको उपज सामुहिक पार्टी निर्माणमा प्रयोग हुनुपर्ने उर्जा आन्तरिक किचलो र चाकडिमा खर्चिएर केही अंश रित्तियो । जस्को प्रतिफल ईमानदार कार्यकर्ता माझ निराशा बढ्दै जनता संगको पार्टी सम्बन्ध टुट्यो अनि पार्टी निर्माणको क्रम रोकिएर प्राप्त भयो आजको मत संगै उपलब्धिमा वर्तमान हार ।
जहाँ सम्म गठवन्धनका सहपाठिका घातहरुका चर्चा छ, अर्काको भर चाडो मरू झै अर्थहिन परनिर्भर बैसाखिको चर्चा काम नभा बुहारी केजाती…..कना भनेझै समयको बर्बादी हो र जो नगरौ ।।

अब २०६४ को २२० सिट , २०७० को ८० सिट , २०७४ को ५३ अनि वर्तमानको (…..कमेन्टमा आफै भर्नुहोला…..) प्राप्त सिट गम्भीर समिक्षाको बिन्दुमा उभिएर नियालौ अनि हाम्रा खुल्ला हृदय सहितका सम्बन्ध अनि एकमुस्ठ पार्टी निर्माणको सामुहिक उदेश्यका निष्कर्ष सहित आगामी मार्ग रोजौ । हाम्रालाइ अवसर र टिकट अनि राम्रा लाइ बन्चिती रोकि बिगतका झै हाम्रा आदर्श केन्द्रित कर्ममा सामुहिक जोडिऔ फल अबस्य बिगत झै आउँनेछ र हामि ०६४ वरपर पुन पुग्न सफल हुनेछौ ।
कमरेडहरु
हामी गफिदै , अन्तरकलह गर्दै एकै उदेश्य भित्र फरक फरक अभ्यास गर्दै नबसौ । हामी भत्किदै गर्दाको पार्टी सम्हाल्ने दायित्व बोक्दै पार्टी र संगठन निर्माण गर्ने ठाउँमा जुटौ १ समृद्धिको मार्ग हुँदै समाजबाद सम्म देश लैजाने अठोट सहित उठौ १
अत
१, रुपान्तरित हुदै उदेश्य जनसेवा बोक्दै हिडौ ।
२, जित्ने जति अवस्था बदल्न सिंहदरबार छिरौ ।
३, हार्ने जति पार्टी जनता संग जोड्न गाउँ छिरौ ।
४, चुनाव जित्ने पार्टी मात्रहैन समाज रुपान्तरणको जिम्मेवारी बोक्ने जनप्रतिनिधि सहितको पार्टी , राज्यको उत्पादनमा जोडिएका आत्मनिर्भर कार्यकर्ता सहितको पार्टी निर्माणमा जुटौ ।
हो कमरेडहरु
म पराजित भयर घर फर्किने छैन १ पराजित हुनुभन्दा मलाई मुत्यु नै स्विकार्य छ । चे ग्वोभेरा
ले भनेझै आफैमा बदलाव पैदागर्दै समृद्ध नेपाल निर्माण गरिछाड्ने प्रतिबद्दता बोकि उठौ बिछोडिएका जनता संग लभ पार्न जुटौू।
यदि यस्तै, उस्तै र दुरुस्तै रह्यौ भने त पार्टी पहिचानको संकट उपर भगवान भरोसा ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button