मुख्य समाचारराजनीति

नेपाली कांग्रेसको १४ औं महाधिवेशन: १५ दिन बाँकी हुँदासम्म टुंगिएन सदस्यता विवाद

 

असार २७,

काठमाडौँ  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सबैभन्दा तल्लो तहको वडा अधिवेशनको मिति आउन अब मात्र १५ दिन बाँकी छ । तर, महाधिवेशनको मेरुदण्ड क्रियाशील सदस्यता टुंगिएको छैन । चार असारमा बसेको केन्द्रीय कार्यसमिति बैठकले २० असारमा क्रियाशील सदस्यता छानबिन सकेर सभापति शेरबहादुर देउवालाई बुझाउन क्रियाशील सदस्यता छानबिन समितिलाई जिम्मा दिएको थियो ।

केन्द्रीय समितिले दिएको समय सकिएर एक साता बढी भइसक्दा पनि रमेश लेखक नेतृत्वको समितिले सदस्यता विवाद टुंग्याउन सकेको छैन । छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार ६७ जिल्ला र एक सय ११ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मात्रै सदस्यता विवाद टुंगिएको छ । त्यसमा पनि अन्य पार्टीबाट आएकाहरूको विवादित सदस्यता भने बाँकी रहेको प्रवक्ता पौडेलले बताए ।

 

तर सदस्यता विवाद सल्टाएर महाधिवेशन सम्पन्न गर्ने र आगामी चार वर्षका लागि पार्टीको नीति तथा योजना कोर्नमा ध्यान दिन भन्दा नेताहरू नेतृत्व हत्याउन आफ्नो पक्षमा लबिइङ गर्न व्यस्त छन् ।

अहिलेसम्म संस्थापनबाट तीन र संस्थापन इतरबाट ७ जनाले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । १३ औं महाधिवेशनमा तेस्रो समूह बनाएका कृष्णप्रसाद सिटौलाले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

संस्थापनबाट सभापति देउवाले दोह¥याउने बताएका छन् भने उपसभापति विमलेन्द्र निधि तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापतिको उम्मेद्वारी प्रस्तुत गरेका छन् ।

त्यस्तै संस्थापन इतरबाट नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा.शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला र कल्याण गुरुङले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । उनीहरूले नेता कार्यकर्ता भेटघाटलाई तिव्रता दिएका छन् । उम्मेद्वार÷उम्मेद्वारबीच पनि दैनिकजसो भेटघाट भइरहेका छन् ।

कुनै पनि नेताहरूले नेतृत्वमा पुगेमा चार वर्षमा म यो गर्छु भनेर अहिलेसम्म आफ्ना योजना र नीति सार्वजनिक गरेका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button