मुख्य समाचारराजनीति

देउवा ज्यु पार्टीको चुनावमा प्रहरी प्रशासनको दुरुपयोग नहोस्ः पौडेल

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीको महाधिवेशनमा राज्यको साधन–शक्ति प्रयोग नगर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । पौडेलसहितका नेताहरूले शुक्रबार बिहान सभापति देउवालाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

पार्टीको निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्न आग्रह गरेको पौडेलले बताए । उनले पार्टीको महाधिवेशनमा राज्यको प्रहरी र प्रशासनको दुरुपयोग गर्न नहुने विषयमा ध्यानाकर्षण गराएको बताएका छन् ।

भेटमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूवसहमहामन्त्री अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल र जीवन परियारलगायत सहभागी थिए । क्रियाशील सदस्यताको विवाद समाधान र बाँकी जिल्लाको वडासहित अन्य तहको अधिवेशनको प्रक्रियाका विषयमा समेत नेताहरूबीच छलफल भएको छ । १४ औँ महाधिवेशनअन्तर्गत भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन ५५ जिल्लामा मात्रै प्रक्रियामा छ ।

कतिपय जिल्लामा अझै सकिएको छैन भने । देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यताको विवरण सार्वजनिक भए पनि विवादका कारण वडा अधिवेशन हुन सकेको छैन । त्यसबाहेक प्रदेश २ का सबैसहित २१ जिल्लाको क्रियाशील सदस्यताको विवाद मिलेको छैन । भदौ २७ गते पालिका तहको अधिवेशन गर्ने अर्को कार्यतालिका छ । पौडेल समूहले सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गरेर ७५३ वटै पालिकाको अधिवेशन एकैपटक गर्नुपर्ने माग गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button