मुख्य समाचारराजनीतिविशेष

सिंहदरबारबाट ओलीको अन्तिम सम्बोधनः म जनताको नभई सर्बोच्चको आदेशले बारिएको हुँ

२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि जनाउनु भएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट ओलीले फैसलाको आलोचना गर्नुभएको हो ।

सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतले संविधान संशोधन गरेको दाबी गर्नुभएको छ । सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन भंग भएको भएको उहाँको दाबी छ । २०५२ मा पनि अदालतले राजनीतिलाई ट्र्याकभन्दा बाहिर लैजाँदा गम्भीर दुष्परिणाम ल्याएको भन्दै उनले संविधानको धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसलाको चर्को आलोचना गर्नुभएको छ ।

पार्टीको चुनाव चिन्ह र घोषणा पत्रका आधारमा जनताबाट चुनिएर आउने, तर सरकार बनाउन बेलामा जो कसैलाई समर्थन गर्न सक्छन्, जुनसुकै ठाउँमा भोट हाल्न सक्छन्, ह्वीप लाग्दैन भन्नो ब्याख्याले दलीय व्यवस्थालाई नै चुनौती दिएको उहाँले बताउनु भएको छ । सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको भन्दै ओलीले त्यसको समीक्षा भविष्यमा हुने बताउनु भएको छ । उहाँले फैसलाका भाषालाई लिएर पनि असन्तुष्टि जनाउनु भएको छ ।

ओलीले आँफु जनताको आदेशले नभई सर्वोच्चले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताउनु भएको छ । सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नरहेको ओलीले बताउनु भएको छ । आफूले पदमा रहँदा इमानदारीका साथ काम गरेको पनि दाबी समेत गर्नुभएको छ । आफ्नो कार्यकालमा मुलुकमा चौतर्फी विकास भएको ओलीको दाबी समेत छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button