मुख्य समाचारराजनीति

सुमारलाई प्रचण्डको जवाफः एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनैपर्छ

भाद्र २५, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । आज बिहान खुमलटारमा नेपालको ४ दिने औपचारिक भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको भेटमा दाहालले एमसीसीमा राष्ट्रिय सहमति वा कम्तीमा सत्तारूढ दलहरूबीच एकमत हुनुपर्ने बताएका हुन् ।

भेटमा एमसीसी अगाडि बढाउने र यसमा उठेका प्रश्नबारे प्रस्ट पार्ने उपाध्यक्ष सुमारको प्रयासमा अध्यक्ष प्रचण्डले भने अहिले विवादका बेला यसलाई एकल रूपमा अगाडि बढाउन गाह्रो हुने जवाफ दिएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।

यसअघि बिहीबार सुमारसहितको एमसीसीको उच्च नेतृत्वले प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भेटेको थियो । त्यस्तै आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने कार्यक्रम छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button