मुख्य समाचारविश्व

महारानी एलिजावेथको निधनबाट बेलायत अभूतपूर्व शोकमा, राजदरबार अगाडि हजारौंको भीड,,विश्व नेताहरुबाट पनि शोक ब्यक्त

२४ भाद्र काठमाडौं – महारानी एलिजाबेथ द्वितीयको निधनसँगै बेलायत शोकमा डुबेको छ । निधनको खबरलगत्तै बेलायती सर्वसाधारण राजदरबार अगाडि पुगेर दिवंगत महारानीप्रति पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिईरहेका छन् भने कतिपय सर्वसाधारण रोइरहेका पनि देखिन्छन् ।

बकिङ्घम दरबार अगाडि हजारौं मानिस भेला भएका छन् भने केहीले आधा झुकेको झण्डासहितको दरबारको तस्बिर खिचिरहेका छन् ।दरबारको मूलढोकामै महारानीको निधनको औपचारिक सूचना लगाइएको छ । सामाजिक सञ्जालमा पनि महारानी एलिजावेथको निधनका खबर छाएको छ ।

महारानी एलिजावेथको निधनप्रति विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरुले शोक सन्देश दिएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक सन्देश दिंदै महारानी एलिजावेथलाई एक निष्ठावान ब्यक्तिको रुपमा सदा सम्झिरहने बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अतुलनीय राष्ट्रप्रमुखको निधनबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिनुभएको छ । यस्तै, फ्रेञ्च राष्ट्रपति इमान्युएल म्याक्रोंले दयालु मनकी महारानी र फ्रान्सकी सच्चा मित्र भन्नुभएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडाले भरपर्दो अभिभावक गुमाएको बताउनु भएको छ । यसैगरी, साउदी अरेवियाका राजा सलमानले महारानी एलिजावेथलाई विश्वकै रोलमोडल ब्यक्ति भन्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button