मनोरंजन

फेरी आयो है गायक सुरज कलाखेतीको शब्द संगीतमा ‘छाडी जाने मायालु’

जादुमयी स्वरका धनी गायक सुरज कलाखेतीको शब्द संगीतमा रहेको छाडी जाने मायालु बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक दीपेन्द्र तमत्ताले आवाज दिएका छन् भने एरेन्ज रोमन बज्रचार्यको रहेको छ ।

सो गीतको म्यूजिक भिडियोमा मोडल समिप तामाङ र शीर्षक भन्डारीको मुख्य अभिनय रहेको छ भने निबि श्रेष्ठ र हिरा श्रेष्ठले सहायक भूमिका निवार्ह गरेका छन् । भिडियोको डिरेक्सन मोडल स्वयमले गरेका छन् ।

भिडियोमा बर्तमान अवस्थाको प्रेमिल जोडीको विषय वस्तु चित्रण गरिएको छ । साँचो मायालाई लत्याएर क्षणिक आकर्षणको मायामा पछि लाग्दा आउने दुखद परिणामलाई प्रस्ट्याईएको छ ।

गीत सँगै भिडियो पनि सोचे जस्तै राम्रो बनेको भन्दै गायकद्वय कलाखेती र तमत्ताले दर्शक श्रोताले मन पराउनु हुन्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए । यस गीत गायक तमत्ताले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् भिडियो :

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button