कला साहित्यमनोरंजनविशेषव्यक्ति बिशेष

समर्पण !

निर्दोष नेपाल

  • निर्दोष नेपाल – याद हरुलाइ आलिङ्न गरेर कतिन्जेल यात्रा गरु त्यो आफैमा प्रष्ट पार्न सकेको छैन । जीवन भित्रको जीवन लाई खोज्दा देखिने तिम्रो तस्बिर को सामिप्यताले आफैलाइ कतिन्जेल जिउदो राख्न सकुला । प्रेम त केही हैन प्रेम ले जित्न हैन प्रेम लाई जित्न सक्नु पर्छ भन्थेउ १ के तिमी अहिले त्यही प्रेम लाई जिति रहेकी छौ या म हारिरहेको छु 

मलाइ त्यो महशुस किन हुदैन जुन तिमिलाइ हुदैन प्रेम ले समर्पित गरेर गन्तब्य को बिच बाटोमा जादा कस्ले जित्यो कस्ले हार्यो भन्दा नि यौटा साचो प्रेम को अन्त्य भयन र प्रिया

लेखिन त कति उपन्यास लेखिय गित गाइय तर भनिन्छ्ननि जस्ले भोग्छ उसैलाई थाहा हुन्छ त्यो भोगाइ को महशुस म गर्दैछु आज ।
र मलाइ लाग्छ प्रिया जुन दिन त्यो महशुस तिमिलाइ हुनेछ सान्सारिक भौतिक शुख तिम्रा लागि फगत हुनेछ११
आत्मा केन्दित रुवाइ ले कसरी देला तिमिलाइ जिबनको सार्थकता अहः कदापी दिदैन

मिर्त्यु भन्दा अगाडि जिबनको तत्व बोध गर्ने बृद्ध हरुको मानसपटलमा जहिले लाग्छ सुनेको छु । औचित्य बिनको जीवन बितायौ भनेर सन्सार मा सुख त्यो मात्रै हैन जहाँ भौतिक सुबिधा ले जीवनयापन लाई सहज बनायको छ ।

हैन भने हामि माझ उधाहरन प्रसस्त छ्न नि हैन र भगवान बुद्ध लाई सम्झिदा मात्रै पुग्छ जस्तो लाग्छ तर प्रिया मैले मानव जिबनको सार मिर्त्यु भन्दा अगाडि जोड्न खोजेको हैन खोजेको हु त आत्म संतुष्टि ।।

जहाँ प्रेम ले ढाकेको यो सन्सारमा कोहि प्रेम बाट यक्लो हुन नपुगोस , र उस्लाइ नलागोस पनि प्रेम भरियरै सान्सारिक मोह मा जीवन ब्यतित गर्दैछौ हामी
जति खोक्रो आडम्बर र अहंकार प्रस्तुत गरे पनि नाङ्गो सत्यता बोकि धर्ती टेकेका हामी फगत नाङ्गै सत्यताले मिर्त्यु बोक्दैछौ प्रतेक दिन हैन र प्रिया रु

खाली पेटलाई भोकले सताय झै जब तिम्रा याद हरु आउछ्न बिगत मेरो भोजन बन्छ सोप्न मिसिएको , बास्तबिकता मा जहिल्यै भोकै हुन्छ म । प्रिया अनि कसरी मेरो शरीरमा स्वास को उपस्तिथि रहला तिमी बिना कल्पना गर्न सक्छौ।

  • प्रिया हावा पानी माटो को गन्तव्य हिड्दै गर्दा भर्र्याङ् को खुड्किला झै छुटिदै गयका छ्न ÷कुन खुड्किला मा जिबनको अन्त्य लेखिएको छ अनभिज्ञ छौ हामी र
    तर मलाई मिर्त्यु भन्दा पर पनि तिम्रो साथको कल्पना गर्दा जिबनको बास्तबिक सत्य लाई झुठो तुल्याउन मन लाग्छ म चाहादिन कि आत्मा ले पनि तिम्रो साथ छोडोस भौतिक शरीर नरहेपनी म चाहान्छु तिमी सङै सदा सर्बदा जिबनको स्वर्णिम समय जहाँ तिमी हौ

तेसैत प्रिया जीवन रङमन्च को अभिनय नहो आउ प्रिया हामी संगै अभिनय गरौ

यहि अभिनय को रङमन्च मा ती याद हरुको भुर्न सिङ्गो हुन न पाउदै कतिबेला तुहि दिन्छ तुहेको त्यही भुर्न हत्या को आरोप मा म बिखन्डित हुन्छु तिम्रो नजरबाट।।
तिम्रै नाम को आलिङन ले बाच्ने कोशिस जारी रहेको छ १ न्यास्रो परिधिभित्र कुवा को भ्यागुतो भयको छु म जहाँ तिम्रो याद को कुवामा तैरिदा तैरिदै कुवाकै भ्यागुतो बनिसके बाहिर संसार केही छैन मेरा आखामा मात्र तिम्रो याद तेसैलाइ आफ्नो सबथोक ठानी रहेको छु १
यो कस्तो बिबस्ता जहाँ तिमी भन्दा पर केही छैन मेरा लागि यो भूगोल नै तिमी बनिदियकि छौ , अब जाउ त म कहाँ जाउ
प्रिया हरपल रक्तसञ्चार भयर शिरा धमनी सम्म पुगेका रक्त कोन हरुले प्रश्न गर्छ्न मलाइ तिमिले झै ,
यौटै ब्यक्ति लाइ लिएर किन यति धेरै आसक्ती के प्रेम यौटा सङ मात्रै हुन्छ र

म मेरो प्रेम लाई समर्पण गर्दै छु या त्याग आफैमा अनभिज्ञ छु १ प्रिया भूगोल बाधक भएर टाढा भयौं या परिस्थिति ले टाढा बनायो हामिलाइ जीवन को उपस्थितिमा स्वास को सर्को रहदा सम्म आखा हरु अनबरत तिम्रै बाटो कुर्ने छ्न चाडै आउ है ।।

प्रिया के यो  परिभाषित प्रेम हो, या पागलपन त्यो जिबनको उत्तारार्धमा देखिने छ पक्कै ! तिम्रो अनुपस्थित नै मेरो जीवन को आसक्ति रुपि प्रेम बोकेर अनबरत गन्तव्य बिहिन यात्रा मा निस्किएका पाइताला हरुले कहाँ पुर्याउछ्न त्यो म भन्न सक्दिन जहाँ पुर्याउलान तिमी संगकै गन्तव्य बनोस मेरो ।।

  • चाहे यसलाई समर्पण ठान या त्याग त्यो तिमिमै छोडे , तिम्रो जिन्दगी को अधिकार तिमिमै सिमित छ .यौटा मुटुमा तिमी आफ्नो प्रेम पोख्न सक्छौं म यत्ती आश गर्छु त्यो मुटु मेरै होस ___________

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button