गायक बन्छु जस्तो लागेको थिएन : सुरज कालाखेती

संगीत क्षेत्रमा उदाउदै गरेका चितवनका सृ्रज कालाखेती पछिल्लो समय गीत संगीतमा निकै व्यस्त हुन थालेका छन्। विगत ५ बर्ष देखि आफ्नो कलालाई निरन्तरता दिदै आएका कालाखेती विभिन्न आरोह अवरोह पार गदै सफलताको नजिक आइसके भन्दा फरक नपर्ला । विश्व महामारीको रुपमा फैलिएको कोरोनाका बिच पनि उनले आफ्नै लगानीमा गीतहरु सावजनिक गरेका छन् । पछिल्लो समय उनी देश देखि बिदेश सम्मका संस्कृतिक कार्यक्रमहरुमा सहभागी हृ्ने गरेका छन् । उनी मानिसले गर्ने हरेक क्षेत्रमा मेहेनत, धैर्यता र भाग्यमा विश्वास राख्छन् ।
छोटो समयको अन्तरालमा गायक कालाखेतीले १ दर्जन भन्दा बढी गीतहरुमा आफ्नो आवाज भरि सकेका छन् भने कतिपय गीतहरु आफ्नै शब्दमा रहेका छन् । कालाखेती सुमधुर आवाजको धनि सँगै शब्दको पनि उत्तिकै खानी रहेका छन् ।
रेडियोकर्मी अप्सरा बोहराले गायक सुरज कालाखेतीसँग गरिएको कृ्राकानी:
हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
संगीत मै व्यस्त छृ् । गीत लेख्ने , कम्पोज गर्ने ,गाउने अनि अरु गायकहरुलाई गाउन दिने ।
संगीत क्षेत्रमा लाग्नृ् भएको कति भयो ?
गाउन त म सानै देखि नै गाउथ्ये । स्कृ्लदेखि नै । तर गायन क्षेत्रमा नै कहि गर्नुपर्दछ भनेर लागेको चाहिँ ५/६ बर्ष भयो । जे होस् विद्यालय नै मेरो संगीत क्षेत्रको पहिलो जग हो।
संगीत क्षेत्रमा लाग्ने सानै देखिको रुची हो कि, कोहिबाट पे्ररित हुनु भएको हो ?
एक्दमैे म अरु बाट प्रेरित भएर नै संगीत क्षेत्रमा लागेको हो । म गायक नै बन्छु भन्ने कुनै सोच थिएन तर विद्रयालयमा संगीत कार्यक्रमहरु हुदाँ चाहि मैले गीत गाउदाँ धेरै प्रशंसा पाउँने गर्थे । केही वर्ष अघि गायक कमल खत्री दाईले ‘म गीत हुँ तिम्रो’ बोलको गीतमा गायन प्रतियोगिता आयोजना गर्नु भएको थियो । र उक्त प्रतियोगितामा म प्रथम हुन सफल भएँ । त्यसपछि चाहिँ अब मैले केहि गर्नुपर्छ, म भित्र पनि केहि रहेछ भन्ने लाग्न थाल्यो, अनि संगीत सिक्न थालेँ । त्यसपछि गायन क्षेत्रमा अफिसियली रुपमा लाग्न थालेको हुँ ।
आफ्नो पेसाबाट आफृ्लाई कत्तिको खुसी राख्न सक्नु भएको छ ?
त्यो त अब आफृ्ले मनभित्रबाट मनदेखि चाहेको काम गर्न पाउदा खुसी त भइनै हालिन्छ । आफुले रोजेको काम गरिरहन पाएको छु, गीतहरु पनि विस्तारै विस्तारै गरिरहेको छु । त्यसैले एक्दम खुसी छु म आफ्नो काम प्रति ।
तपाई यो क्षेत्रमा प्रवेश गरिसकेपछि साथ सपोट कत्तिको पाउनु भयो ?
परिवार त एक्दमै सपोटिङ् भइनाईहाल्नु हुन्छ प्राय सबैको । मेरो पनि पहिलो सहयोग भन्नु पर्दा परिवार नै सम्झन्छु । त्यसपछि चाहिँ मैले सम्झनै पर्ने नाम भन्नुपर्दा गायक कमल खत्री दाई । उहाँ त मेरो आइडल पनि हुनुहुन्छ । उहाँले एकदमै सपोट गर्नु भएको छ र अहिले यो पछिल्लो समयमा मलाई माथि आउनका लागि मेरो गीतहरु निकाल्नमा शाहीत सिंह ठकृ्री दाईले पनि एकदमै सहयोग गर्नु भएको छ । यो सहयोग मेरो लागी अविस्मरणीय रहनेछ ।
आजको दिन सम्म आइपुग्दा सबैभन्दा बढी सफलता मिलेको गीत सम्झनु पर्दा कुन गीत सम्झनु हुन्छ ?
अहिलेसम्म अब मान्छेहरुले मलाई चिन्दा चाहि ‘मायालु ‘आउने बाटोमा’’ गीतको गायकको रुपमा चिन्छन् । यो गीत चाहिँ कमल खत्री दाईको शब्द संगीत रहेको छ । यो गीत मैले म गीत हो तिम्रो कभर गीतको विजयी भएपछि उपहार स्वरुप पाएको थिए । कमल खत्री दाईबाट जे होस् चिन्ने मान्छेहरुले मायालु आउने बाटोको गायकको रुपमा चिन्छन् । पहिल्लो समय मलाई मन परेको गीत चाहिँ आफृ्ले गाएको गीत मध्ये ‘मुटु जल्ने रैछ’ गीत पनि राम्रो लाग्छ ।
भनेपछि कति वटा गीत निकालिसक्नु भयो ?
लगभग ८, १० वटा गीत गरिसके होला । १५, १६ वटा चाहिँ संगीत भरेको छृ् । गीत चाहि जे होस् यृ्ट्वमा छ होला ६, ७ होला अब आउने क्रममा पनि छन् । अब एक्कै चोटि ५, ६ वटा आउदैछन् ।
आगामी दिनहरुलाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?
अब त्यहि नै हो शृ्रुमा त म गायन क्षेत्रमा नै केहि गर्छु भनेर लागेको थिए । विस्तारै सिक्ने क्रममा बुझ्ने क्रममा, धेरै चिजहरु भोग्नेक्रममा कम्पोज तिर पनि लागियो अनि लिरिक्स लेख्ने, आफृ् पनि गाउने र आफ्नो सिर्जनाहरु अरुलाई पनि गाउन दिने यसरी नै अगाडि बढ्ने सोचमा छु ।
कुनै व्यवसाय तिर पनि रुचि छ कि ?
गर्ने सोचमा चाहि छु, किनकि म्यृ्जिकले मात्रै पनि सबै कृ्राको आवश्यकताहरु पृ्रा नहुन सक्छ । त्यसैले अब म्यृ्जिक बाहेक अरु पार्ट टाइम केहि गर्ने कि भन्ने सोचमा छु । यो चाहि अल्लि पछिको कुरा हो तर अहिले चाहिँ म म्युजिक बाहेक अरु केहि पनि छैन ।सकेसम्म म्य्जिकमै भविष्य खोज्दै छु ।
संगीत क्षेत्रमा जम्न कत्तिको गाह्रो छ ? तपाईको भोगाईमा ?
आज यहाँसम्म आइपृ्ग्दा मैले पनि धेरै संघर्ष गरेको छु । जस्तो कि अब मान्छेहरु चिन्नलाई , स्टृ्डियोका आफृ्भन्दा ठृ्ला अग्रजहरु सँग त्यहाँसम्मको लिंक बनाउनका लागि त्यो अल्लि गाह्रो छ । धैर्यता पनि चाहिन्छ । विस्तारै हुदै जाने कुरा हो । म्युजिक भनेको एक्कै चोटि हुने चिज जस्तो लाग्दैन मलाई चाहि ।
यस क्षेत्रमा आउन खोज्ने भाइबहिनीहरुलाई के भन्न चाहनु हुन्छ ?
म्युजिकमा अगाडि बढ्नका लागि चाहि सबैभन्दा पहिले एउटा महत्वपृ्र्ण कुरा धैर्यता हुनुपर्दछ । अब आज आएर म भोलि नै फेमस भइहाल्छु भन्ने त्यो सोच बनाउदै फेरि भित्रभित्र हट् हृ्ने जस्ता चिजहरु धेरै हुन्छन् । त्यसैले विस्तारै सिक्दै अनि बुझ्दै अगाडि बढ्ने हो भने राम्रो हु्न्छ । सिक्न जरुरी छ अनि धैर्यता चाहिन्छ । मलाई के लाग्छ भने म्युजिकमा सफलताका लागि सिकाई, मेहनत र भाग्य हुनुृ्पर्दछ जस्तो लाग्छ । यि तिन कुराको साथ सपोट भयो भने चाहि ने होस म्युजिकमा सफल भइन्छ जस्तो लाग्दछ ।
अन्तिममा केहि भन्न चाहनृ् हृ्न्छ ? संगीत क्षेत्रको बारेमा?
अब त्यहि नै हो सबैजनाले माया गर्दिनु भएको छ । विस्तारै सिक्नेक्रम जारी नै छ । मेरो अरु गीतहरु पनि आउने क्रममा नै छन् । र जति पनि मलाई आज यहाँ सम्म पुर्याईदिनु हुने सम्पृ्र्ण मेरा दर्शक स्रोताहरु मेरा साथी भाइहरु , आफन्तजनहरुलाई एक्दमै धेरै धेरै धन्यवाद दिन चाहन्छु ।