प्रदेश ६

नेकपा अध्यक्षद्वोयबीचको असमझदारी नै अहिलेको सङ्कट – शङ्कर पोखरेल

बुटवल | नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शङ्कर पोखरेल ले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी नै अहिलेको सङ्कट भएको बताउनुभएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ९ स्थित पीपलडाँडामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको आज शिलान्यास गर्दै उहाँले पार्टी एकतालाई सफल बनाउन दुई आन्दोलनका मुख्य नेताबीचको समझदारी र एकता न्यूनतम शर्त भएको स्पष्ट गर्नुभयो । नेता पोखरेलले सहमति र सहकार्य अहिलेका सन्दर्भमा अपरिहार्य आवश्यकता भएकामा जोड दिनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले कानून निर्माणमा प्रदेश अग्रणी भएको जिकिर गर्दै सबैभन्दा बढी पूँजीगत खर्च हुने प्रदेश पनि लुम्बिनी नै भएको बताउनुभयो ।

राष्ट्रियसभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले अव्यवस्थित बसोबासको समस्या समेत सम्बोधन गरिने बताउनुभयो । भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सभ्यता र संस्कृति निर्माणमा सेन्टरले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रुपमा यसलाई विभिन्न जिल्लामा विस्तार गरिने उल्लेख गर्नुभयो । प्रदेशसभामा सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले नगरपालिकाको सो क्षेत्रलाई दूधको पकेट क्षेत्रका रुपमा घोषणा गरेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

करीब दुई बिघा क्षेत्रफलमा निर्माण हुन लागेको सो सेन्टरको प्रथम चरणको लागत ३ करोड ५५ लाख ७९ हजार ५ सय १० रहेको छ । प्रदेश सरकारले त्यस्तो सेन्टर रुपन्देहीबाहेक, नवलपरासी, कपिलवस्तु, दाङ र बर्दियामा निर्माण गर्न लागेको छ ।
सैनामैनामा निर्माण हुन लागेको सेन्टरलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको हो । अत्याधुनिक सार्वजनिक शौचालय सहितको सो सेन्टरको निर्माण दुई वर्षमा पूरा भएपछि स्थानीय सरकारलाई नै हस्तान्तरण हुनेछ । चिया, कफी पाइने सो सेन्टरमा लामो दूरीका सवारी चालकलाई आरामका लागि व्यवस्था गरिएको छ ।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र उपप्रमुख विना राना, रुपन्देहीका डिभिजन प्रमुख राजकुमार चौधरी, खानेपानी महाशाखा प्रमुख ध्रुव धिताल लगायतले सो परियोजनाबाट सरसफाइमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

थप समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल ले पूँजीगत खर्च बढाउन र विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षामा उहाँले सो निर्देशन दिनुभउको हो । पूँजीगत खर्च बढाउनै पर्ने बाध्यताले गुणस्तरलाई ख्याल नगर्ने प्रवृति आउन सक्ने भएकाले सजग भई अघि बढ्न मुख्यमन्त्रीले ध्यानाकर्षण गराउनुभएको छ ।

नतिजामुखी र प्रतिफलमुखी आयोजनामा रकमान्तर गरेर भएपनि बजेटको कमि हुन नदिन अहिलेदेखि नै काम थाल्न उहाँले निर्देशन दिनुभयो । प्रदेशको अर्थतन्त्र माथी उकास्ने र रोजगारी श्रृजना गर्ने खालका विकास आयोजनामा ध्यान दिन उहाँको अग्रह छ । बजेट खर्च गर्दा पूँजीगत खर्च अधिकतम गर्न र साधारण खर्चमा मितव्ययी बन्नुपर्ने बताउँदै मुख्यमन्त्रीले साधारण खर्च बढाएर लक्ष्यमा पुग्ने प्रवृति रोक्न निर्देशन दिनुभयो । त्यस्तै पर्यटकीय गतिविधिलाई प्रभाव पार्ने आयोजनालाई केन्द्रीत गर्न पनि मुख्यमन्त्रीको निर्देशन रहेको छ ।

 

प्रदेश ५ को राजधानी दाङ्ग लैजाने बिषयमा नेकपाको ह्विप, कांग्रेसद्वारा तोडफोड

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button