प्रदेश ६

बुटवलको कोरोना विशेष आईसोलेसनमा दुईजनाको मृत्यु

बुटवल : बुटवलको कोरोना विशेष आईसोलेसनमा दुईजनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार दुबैजनालाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ बर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ का ५५ बर्षीया महिला रहेको डाक्टर थापाले जानकारी दिए ।

नवलपरासीका पुरुषको असोज १६ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यहि दिन बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।

उनलाई दम र उच्च रक्तचापको समेत समस्या रहेको थियो । उनको २० गते राती पौने १ बजे मृत्यु भएको थापाले जानकारी दिए ।

त्यस्तै बुटवल ९ की ५५ बर्षीया महिला असोज १७ गते अस्पताल भर्ना भएकी थिईन । पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन ।

Related Articles

Back to top button