समाज

हत्याका फरार अभियुक्त आठ वर्षपछि कारागार चलान

     हत्या सम्बन्धी मुद्दाको अभियोग लागेका फरार एक अभियुक्त आठ वर्षपछि कारागार चलान भएका छन् ।

 

महोत्तरीको सोनमा गाउँपालिका–८ का २२ वर्षीय विद्यार्थी पङ्कज यादवलाई अपहरण गरी हत्या गरेर फरार रहेका अभियुक्त जिवछ अन्सारीलाई महोत्तरी जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो । विसं २०६९ चैत ४ गते जिल्लाकै सोनमा गाउँपालिका–८ का श्याम राय यादवका छोरा कक्षा १२ मा अध्ययनरत २२ वर्षीय पङ्कज यादवलाई ललाइफकाई जलेश्वर घुमाउने भनी ल्याएर अपहरण गरी लागुऔषध सेवन गराई अर्धचेत भएपछि जलेश्वर नपा–१ स्थित राविम क्याम्पसको चौरमा निजको घाँटी रेटी हत्या गरेर फरार रहँदै आएका एकडारा गाउँपालिका–३ का जीवछ अन्सारीलाई महोत्तरीको जलेश्वर नपा–३ भिठ्ठामोडबाट मङ्सिर ३ गते प्रहरीले पक्राउ गरिएको थियो ।

 

पङ्कज धनुषाको जनकपुर नगरपालिकाको पिडाडीचोकमा डेरा गरी बस्दै आएका थिए । पक्राउ परेका अन्सारीले नै ल्याएको छुराबाट चार–पाँच जना मिलेर किशोर यादवको हत्या गरी उनले नै बोकी ल्याएको खुर्पा र कोदालोले घटनास्थल नजिकै रहेको रातुखोलाको बगरमा खाल्डो खनी शव गाडेका थिए । साथै मृतकका बुवा श्याम राय यादवलाई विसं २०६९ चैत १० गते सिरहा जिल्लाको लक्ष्मीपुरस्थित कमला नहरमा बोलाई रु सात लाख नेपाली फिरौतीसमेत लिएका थिए ।

 

महोत्तरी जिल्ला अदालतले निज अन्सारीको हकमा विसं २०७२ जेठ १८ गते अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र रु दुई लाख ७५ हजार जरिवाना तोकेको थियो । आज उनलाई अदालतले कैद सजायका लागि जलेश्वर कारागारमा पठाएको छ । उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा महोत्तरी जिल्ला अदालतमा अझै पनि मुल्तवी छन् भने २०५१ सालमा उनले झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएको विरुद्ध २०६२ सालमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पनि नागरिकता मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।

 

 

आज्ञात रोगका कारण महोत्तरीमा १० दिनमा ११ को मृत्यु

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button