प्रदेश २मुख्य समाचारसमाज

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैते छठ सम्पन्न,, पोखरी, नदी, तलाऊ र जलाशयमा श्रद्धालु भक्तजनको भिड

चैत २५,  धनुषा
मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैते छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलमा जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी सकिएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाऊ र जलाशयमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मङ्गलवार व्रतालुले नहा खा अर्थात नुहाएर खाएर जीउ चोख्याउने काम गरेका थिए । पर्वको दोस्रो दिन बुधवार खरना मनाएका थिए । खरनाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।

षष्ठीका दिन अर्थात बिहीवार बेलुका गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी त्यसबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखेर परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठघाटसम्म पुगेका थिए ।

हिजो बेलुका व्रतालुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । आज बिहान पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन बेलुका गरेको क्रम दोहोर्याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ सम्पन्न गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button