मुख्य समाचारसमाज

फोहर बोकेर बञ्चरे डाँडा गएका १५ वटा टिपरसहित १८ गाडीमा तोडफोड, फोहर विर्सजनको काम पुन अवरुद्ध हुने

साउन २४, काठमाण्डौ – बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना नजिकै रोकेर राखेकोे १८ वटा गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार फोहर भरेर गएका १५ वटा टिपर, २ वटा लोडर र एउटा स्काभेटरमा तोडफोड भएको छ । गाडीको सिसा फुटाइएको छ । नुवाकोट र धादिङको सीमाना नजिकै पार्किङमा राखिएका ती गाडीमा गएराति तोडफोड भएको हो । गाडी कसले तोडफोड ग¥यो भन्ने बारे खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने आफूलाई घटना बारे पूर्ण जानकारी आइनसकेको बताउनुभयो ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले फोहरलाई लिएर राजनीतिक षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । फोहरका कारण स्थानीयबासिन्दा प्रभावित भइरहे पनि उनीहरुको पक्षमा काम हुन नसकेको उहाँको भनाई छ । फोहर बोक्ने गाडीमा तोडफोड भएपछि फोहोर ढुवानी प्रभावित हुने भएको छ ।

काठमाण्डौका धेरै ठाउँमा लामो समयदेखि नियमित फोहोर उठ्न सकेको छैन । कहीँ कतै फोहोर संकलन भइरहेकोमा फेरि असर पर्ने भएको छ । फोहरका कारण काठमाण्डौ दुर्गन्धित बनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button