मुख्य समाचार

आज १५ औं वार्षिकोत्सब मनाउँदै रेडियो मिर्मिरे

काठमाडौं – पहिलो संविधानसभा निर्वाचन घोषणासँगै स्थापना भएको रेडियो मिर्मिरे ९८.४ ले आज आफ्नो १५ औं वार्षिकोत्सब मनाउँदैछ । उत्पिडितहरुको सशक्त आवाजक रुपमा उभिएकोे यस रेडियोले गएका डेढ दशकमा नेपाली समाजको आर्थिक राजनीतिक सामाजिक र साँस्कृतिक रुपान्तरणका सबै खाले अभियानमा भूमिका निर्वाह गर्दै आएको छ ।

सुशासन, सुधार, पारदर्शिता, विकास र सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण सवालहरुमा रेडियो मिर्मिरे सदैव अग्र पंक्तिमा रहँदै आएको छ । आजको यस महत्वपूर्ण अवसरमा रेडियो मिर्मिरेले आगामी दिनहरुमा पनि परिवर्तनका संवाहक शक्तिहरुलाई सुधारका योजनाहरु अघि बढाउदै जनताको जीवनसंग जोडिन आग्रह गरेको छ ।

साथै यस अवसरमा रेडियो मिर्मिरेले आफ्ना प्रिय स्रोतागण,अनलाइन पाठक,व्यवशायिक साझेदार सहकार्यमा रहेका सबै सरकारी एवं गैर सरकारी निकायहरुप्रति हार्दिक आभार प्रकट गरेको छ । आगामी दिनहरुमा पनि रेडियो मिर्मिरेले मिसन र व्यवशायिक मर्यादाको सिमा रेखालाई ख्याल गर्दै आफ्नो पेशागत पवित्रता कायम राख्ने प्रतिवद्धता गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button