प्रदेश ४मुख्य समाचारसमाज

अविरल वर्षाका कारण पोखराको विभिन्न ठाउँमा पहिरो, सुइँखेत क्षेत्रका बस्ती डुबान, 

११ असार काठमाडौं -हिजो साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडा नम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् ।

पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए । तर, त्यसबारे यकिन विवरण भने नआइसकेको उनले बताए ।

वडाध्यक्ष तिमिल्सिनाका अनुसार पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको छ । उक्त बस्तीमा करिब ढेडसयभन्दा बढी घर छन् । भने ती सबै डुबानमा परेका वडाध्यक्ष तिमिल्सिनाले बताए । ‘टोलवासीहरूलाई उद्धार गरिएको र उनीहरू कोही आफन्तकोमा गएका छन्, भने कोहीलाई मन्दिरमा राखिएको छ ।’

पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पु¥याएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button