मुख्य समाचारसमाज

होलीका लागि काठमाडौंमा ३५ सय प्रहरी परिचालन गरिने

२ चैत्र २०७८, काठमाडौं – होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा ३५ सय भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले होलीमा उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन तीनवटै जिल्लाका प्रहरीलाई उच्च सतर्कतामा राखिएको जानकारी दिनुभयो ।

काठमाडौंमा मात्र १७ सय थप प्रहरी परिचालन गरिने छ । त्यस्तै ललितपुरमा ६ सय भन्दा बढी र भक्तपुरमा ४ सय भन्दा बढी प्रहरी परिचालन गरिने छ ।

उच्छृङ्खल गतिविधि गर्ने, इच्छा विपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न एक सयभन्दा बढीको संख्यामा प्रहरी परिचालन गरिने छ ।

यसैगरी, ४५ वटा मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, करिब १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने जनाइएको छ । प्रत्येक जिल्लाले आ–आफ्नो सुरक्षा योजनासमेत बनाएका छन । त्यस्तै, तीन सयभन्दा बढी ट्राफिक प्रहरीसमेत सवारी व्यवस्थापन तथा चेकजाँचमा खटिने छन ।

पारिवारिक रुपमा होली पर्व मनाउन प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ । होलीको नाममा होहल्ला गर्ने, जबरजस्ती रङ दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप गरिए नियन्त्रणमा लिएर कारवाही गरिने प्रहरीले जनाएको छ । त्यसरी जबरजस्ती रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button