मुख्य समाचारराजनीतिसमाज

तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय, महिला हिंसा नियन्त्रण र तेजाब आक्रमणविरुद्धको दुई अध्यादेश ल्याइने

चैत १७, काठमाण्डौ – सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले गएको चैत १ गते बढुवाको लागि सिफारिस गरेको थियो । तर बढुवाको सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । आयोगले हिजो बढुवाको सिफारिसलाई सदर गरेपछि मन्त्रिपरिषद बैठकले आज बढुवाबारे निर्णय गरेको हो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले महिला हिंसा नियन्त्रण र तेजाब आक्रमणविरुद्धको अध्यादेश ल्याउने पनि निर्णय गरेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय हुँदा तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या भएको थियो ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिदेखि हुने भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको पनि टुंगो लगाएको छ । भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन । यस्तै, सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी र पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button