मुख्य समाचारसमाज

काठमाण्डौ उपत्यकामा फोहोर थुप्रिदा दुर्गन्ध फैलियो,फोहोर उठाइसक्न अझै एक हप्ता लाग्ने 

चैत २, काठमाण्डौ – फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाण्डौ उपत्यकाको सडक, चोक र गल्लीहरुमा फोहोर थुप्रिएको छ । एक हप्ता भन्दा बढी समयदेखि थुप्रिएको फोहोर कुहिँदा दुर्गन्ध बढेर हिंडडुल गर्न समेत समस्या भएको छ ।

काठमाण्डौ महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि सडकमा ननिकाल्न आग्रह गरेको भएपनि सडकमा फोहोरको डङ्गुर नै लागेको छ ।

फोहोर थुपार्दै आएको सिस्डोलका बासिन्दाले सडक कालोपत्रे, जोखियमुक्त बस्ती स्थानान्तरण लगायतका माग राखेर फोहोर बोकेका गाडी रोकेका हुन । आन्दोलनरतपक्ष र काठमाण्डौ महानगरपालिकाबीच हिजो भएको छलफलपछि फोहोर उठाउन थालेको र हिजो ७० ट्रक फोहोर सिस्डोल पुर्याएको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलले बताउनुभयो ।

सिस्डोलबासीको समस्या समाधानको लागि काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा अध्ययन टोली बनाउने सहमती भएको र अध्ययन टोलीको सुझावका आधारमा समस्या समाधान गर्ने प्रवक्ता डङ्गोलले बताउनुभयो । तर काठमाण्डौका सबै ठाउँको फोहोर उठाइसक्न झण्डै एक हप्ता लाग्ने पनि उहाँले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button