मुख्य समाचारराजनीति

एमसीसीबारे आफूले गरेको निर्णय पार्टीमा विफल भए राजीनामा दिने अध्यक्ष प्रचण्डको घोषणा,,एमालेसँग तत्काल सहकार्य सम्भव नरहेको भनाई

२९ फाल्गुन विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीभित्रको विवादमा आफ्नो प्रस्ताव विफल भए राजीनामा दिने घोषणा गर्नुभएको छ ।

विराटनगरमा संचारकर्मीसँग अध्यक्ष दाहालले एमसीसी विवादबारे पार्टीभित्र चुनावपछि फेरि छलफल गरिने भन्दै त्यसबेला आफ्नो निर्णय र प्रस्ताव विफल भए पदबाट राजीनामा दिने उद्घोष गर्नुभएको हो ।

‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला’, प्रचण्डले भन्नुभयो । व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर मुलुकलाई दुर्घटनामा जानबाट रोकाएको दावी गर्नुहुने दाहालले पार्टीभित्र विमतीको स्वर राख्नेहरुलाई फेल गरेर देखाउन चुनौती दिनुभएको हो ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले नेकपा एमालेसँग तत्काल सहकार्य पनि सम्भव नरहेको भन्दै एमाले अध्यक्ष केपी ओली आफूहरुप्रति नकारात्मक मात्रै पाएको उल्लखे गर्नुभयो ।

उहाँले गठबन्धन गर्न परे चुनावका बेला सत्तारूढ गठबन्धनसँगै गरिने बताउनुभयो । ‘सकेसम्म आफ्नै खुट्टामा उभिएर चुनावमा जान्छौं,’ उहाँले भन्नुभयो, ‘कहीँकतै तालमेल हुन सक्छ, तालमेल हुने भयो भने सत्तारूढ गठबन्धनसँगै हुनेछ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button