मुख्य समाचारस्वास्थ्य

बिहान सप्तरी र बारामा ठूलो वर्षा, दिउँसो लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा पानी पर्ने अनुमान

भदौ २४, काठमाण्डौ – अहिले मधेस प्रदेशका सप्तरी र बारा जिल्लामा ठूलो पानी परिरहेको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार पछिल्लो एक घण्टामा त्यहाँ ३१ मिलिमिटर पानी परिसकेको छ ।

सामान्यतया २४ घण्टामा ५० मिलिमिटर पानी परे ठूलो वर्षा भएको मानिन्छ । एक घण्टामा नै सप्तरी र बारामा ३१ मिलिमिटर पानी परिसकेको र फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा मौसम बदली भइ पानी परिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बङ्गालको खाडीबाट जलवाष्युक्त हावा लगातारजसो नेपाल आइरहेकाले पानी परेको हो ।

जलवाष्पयुक्त हावाको प्रभाव अहिले मधेस प्रदेशमा धेरै परेको छ । दिउँसो भने यसको प्रभाव लुम्बिनी प्रदेशमा धेरै पर्ने मौसमविद्ले बताएका छन् । यही कारण दिउँसो लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार आज देशभरकै मौसम बदली हुने सम्भावना छ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button