मुख्य समाचारराजनीति

एमसीसी संसदमा पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय, प्रधानमन्त्री देउवाद्वारा सभामुख सापकोटासँग टेलिफोन संवाद 

३ फाल्गुन काठमाडौं – नेपाली कांग्रेसको संसदिय दलको बैठकले एमसीसी संसदमा पेश गरी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा लामो समयदेखि एमसीसीलाई रोकेर राख्दा राम्रो सन्देश नजाने भन्दै त्यसविरुद्ध फैलाइएको अफवाह चिर्न पनि संसदमा पेश गरी पास गर्नुपर्ने कांग्रेसको ठहर छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको बैठक बसिरहेको अबस्थामा बीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गर्नुभएको छ ।

बुधबारका तय भएको प्रतिनिधि सभाको बैठक बस्नु अघि कार्यव्यवस्था समितिको बैठक बस्ने तयारी सभामृ्खले नगरेपछि प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेर बैठक बोलाउन आग्रह गर्नुभएको हो ।

भोलि बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सत्ता गठबन्धन दलहरुको बैठकले एमसिसि टेबल गर्ने सहमति भएपछि सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय गर्नेछ । त्यसरी तयार गरिने कार्यसूचीमा ‘एमसीसी’ पर्ने नपर्ने टुंगो नहुने भएपछि देउवाले सभामुखलाई फोन गरेको नेताहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button