मुख्य समाचारस्वास्थ्य

पछिल्लो २४ घण्टामा १,१२८ जनामा कोरोना संक्रमण पुष्टि, थप १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १,१२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा ६६६ जना र तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कूल एक हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपाल हालसम्म ११ लाख ९ हजार ११४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ८७८ पुगेको छ ।त्यस्तै, दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ । यो संख्या कूल संक्रमितको ९६ प्रतिशत हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button