प्रदेश ६मुख्य समाचारसमाज

सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यु, १५ जना घाइते

जेठ २, सल्यान – सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । गाडीमा करेन्ट लाग्दा १५ जना घाइते भएका छन् ।

करेन्ट लागेर ज्यान गुमाउनेमा सल्यानको कुमाख गाउँपालिका ४ का गोपाल बुढाथोकी र लोकेन्द्र राना रहेका छन् ।

सल्यानको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरूलाई करेन्ट लागेको हो । बिजुलीको तारमा ठोक्किँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छतमा बसेकाहरूलाई बिजुलीको तारले छुँदा करेन्ट लागेको हो । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । ज्यान गुमाएकाको परिचय खुलेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button