मुख्य समाचारविश्व

नेटोको विस्तारमा चीनको पनि विरोध

माघ २२, चीनले पनि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) विस्तारको विरोध गरेको छ । नेटोबारे यसअघि कुनै प्रतिक्रिया नदिएको चीनले नेटोको विस्तारबारे विरोध गरेको बीबीसीले जनाएको छ ।

हिउँदे ओलम्पिक्सको उद्घाटन समारोहमा सहभागी हुन चीन पुग्नुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङ बीच भएको भेटपछि निकालेको संयुक्त विज्ञप्तिमा नेटोको विस्तारको विरोध गरिएको छ ।

भेटमा रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले रुसलाई कमजोर बनाउन नेटो गठबन्धनलाई प्रयोग गरिरहेको दाबी गर्नुभएको थियो ।

रुसको छिमेकी तथा सोभियत सङ्घबाट टुक्रिएको युक्रेनलाई नेटोको सदस्य बनाउने प्रक्रिया सुरु भएपछि रुसले नेटोको तीव्र विरोध गरिरहेको छ । अहिले युक्रेनका सीमामा एक लाखभन्दा बढी रुसी सेना तैनाथ गरिएका छन् । अमेरिका तथा युरोपेली देशहरुले रुसले युक्रेनमा आक्रमण गर्ने दाबी गर्दै त्यसो नगर्न चेतावनी दिइरहेका छन् ।

युक्रेनको मामिलालाई लिएर रुस र पश्चिमा देशहरुबीच उत्पन्न तनावका बारेमा मौन रहेको चीनले नेटो विस्तारको विरोध गरेपछि समस्या अझ बढ्ने देखिएको बीबीसीले जनाएको छ । चीन र अमेरिका बीचको तनाव पनि बढ्दो छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button