अर्थ बजारमुख्य समाचार

नेप्से ५५ अंकले बढ्यो, बैंक बाहेक सबै परिसूचक हरियो

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज सूचक नेप्से० ५५।५० अंकले बढेको छ । गत सातादेखिको बढ्दो क्रम नेप्सेमा आज पनि कायम रहेको हो ।

बैंकिङबाहेक सबै परिसूचक सब–इन्डिक्स हरियो अर्थात बढ्दो क्रममा छ । आज नेप्सेमा कूल ७ अर्ब २ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको १ करोड ३ लाख ९९ हजार ३२२ कित्ता सेयर कारोबार भएको छ । ५५।५० अंक बढेसँगै सूचकले २,८३७।६१ अंक भेटेको छ ।

आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ९।४६ अंकले बढेर ५३०।४६ पुगेको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी ६।५४ प्रतिशत बढेको छ । वाणिज्य समूहको ५।९६ र होटल तथा पर्यटन समूहको सेयरमा ५।४४ प्रतिशत वृद्धि देखिएको छ । बैंकिङ समूह परिसूचक भने ०।१६ प्रतिशत घटेको छ । आज युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् भने एभरेष्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button