मुख्य समाचारसमाज

काठमाण्डौ महानगरभित्र सार्वजनिक ठाउँमा पर्सिदेखि सुर्ती चुरोट सेवनमा प्रतिबन्ध, अटेरी गरे कारबाही

भदौ ३०, काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धुम्रपान निषेध गरेको छ ।

महानगरपालिकाले आज सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button