मुख्य समाचारराजनीति

हामी तत्काल कसैसंग पार्टी एकता गर्दैनौंः नेपाल

काठमाडौं १३ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिल्यै अन्य दलसँग एकता हुने सम्भावना नभएको बताउनु भएको छ । आज संसदीय दलको नेता चयन गर्न बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले आँफुहरु अहिले कसैसँग एकताको पक्षमा नरहेको बताउनु भएको हो । साथै नेपालले आँफुहरुरु कसैसँग विलय नहुने संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने भन्दै केन्द्रीयदेखि प्रदेश हुँदै स्थानीय तहसम्मको जनप्रतिनिधिको पद जोगाउने बताएउनु भएको हो ।

अध्यक्ष नेपालले पार्टी एकता ओली प्रवृत्तिकै कारण असफल भएको आरोप लगाउनु भएको छ आँफुहरु एकताको पक्षमा रहेको तर ओली प्रवृत्तिको कारणले विफल भएको उहाको भनाई छ । ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको नेपालको टिप्पणी छ । नेपालले केपी ओली कम्युनिस्टको नाममा कलंक भएको आरोप लगाउनु भएको हो । पार्टी विभाजनको क्रममा आफूलाई हौँसाएका केही नेताहरुले अन्तिम समयमा आएर धोका दिएको भन्दै नेपालले गुनासो समेत गर्नुभएको छ ।

ओली सामूहिकताको भावना हटिसकेको भएकाले म नै सर्वेसर्वा म नै पार्टी भन्ने अहमता बढेको टिप्पणी गर्नुभएको छ । ओलीले पार्टीमा सबैलाई अपमान गरेको नेपालले दाबी गर्नुभएको छ । ओलीसँग जालझेलबाहेक अरु केही नभएको बताउनु भएको छ । ओलीले संविधान र लोकतन्त्र विरुद्ध कदम चालेको भएकाले जनता र देशको लागि विद्रोह गरेर रक्षामा उभिएको भनाइ राख्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button