मुख्य समाचारराजनीति

बैध नेतृत्वको अनेरास्‍ववियू क्रान्तिकारीले सरकारविरुद्ध गर्यो प्रदर्शन


असार १८, २०७८ काठमाडौँ
निर्दोष नेपाल –मोहन  बैध नेतृत्वको नेकपा क्रान्‍तिकारी माओवादी निकट अनेरास्‍ववियू क्रान्तिकारीले शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । क्रान्तिकारीले शुक्रबार माइतीघर मण्डलामा कोभिडविरुद्ध निःशुल्क खोप, लिपुलेक कालापानी, लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा राख्नुपर्नेलगायतका माग राख्‍दै प्रदर्शन गरेको हो ।

क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आम नेपाली नागरिकलाई केपी ओली सरकारले तत्‍काल निःशुल्क कोभिड खोप दिनुपर्ने माग गरे । उनले निजी अस्पतालदेखि शैक्षिक संस्थाहरूले समेत ब्रम्हलुट गरिहँदा सरकार मौन बसेको भन्दै आपत्ति जनाए । त्यस्तै, क्रान्तिकारीकी उपाध्यक्ष सिलु न्यौपानेले प्रधानमन्त्री ओलीले सत्ताका लागि झुटो खेती गरिरहेको आरोप लगाइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button