अर्थ बजार

गत वर्ष भन्दा यो वर्ष धेरै रेमिट्यान्स भित्रियोः एक वर्षमा ९ खर्ब ६८ अर्ब

६ भदौ, काठमाडौं । गत आर्थिक वर्षमा ९ खर्ब ६८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले रेमिट्यान्स बढेको हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्म ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएकोमा असार महिनामा मात्रै ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्ष कुल १५ खर्ब ३९ अर्ब रुपैयाँको बस्तु आयात भएको छ ।

सो आर्थिक वर्षको जेठ मसान्तसम्म १३ खर्ब ८३ अर्ब रुपैयाँको सामान आयात भएकोमा असार महिनामा मात्रै १ खर्ब ५६ अर्ब रुपैयाँको बस्तु आयात भएको छ । औसतमा महिनाको १ खर्ब २८ अर्ब २५ करोड रुपैयाँको बस्तु आयात हुने गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष नेपालबाट भने जम्मा १ खर्ब ४१ अर्ब रुपैयाँको सामान बाहिरिएको छ। असार महिनामा जम्मा २० अर्ब रुपैयाँको सामान निर्यात भएको छ ।

गत आर्थिक वर्ष १३ खर्ब ९८ अर्ब रुपैयाँको ब्यापार घाटा भएको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा बस्तु आयात २८.७ प्रतिशतले बढ्दा निर्यात भने ४४.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button