अर्थ बजारमुख्य समाचार

इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल र डिजेलमा प्रतिलिटर तीन र खाना पकाउने ग्यासमा ५० रुपैयाँ कायम

काठमाडौं – शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमले पेट्रोलको साबिक विक्रि मूल्यमा ३ रुपैयाँ वृद्धि गरी प्रति लिटर १३३ रुपैयाँ कायम गरेको छ । यस्तै डिजेल रमट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु। ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ कायम गरिएको छ ।

यस्तै, एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु। ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ ।

पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई २ अर्ब २२ करोड घाटा भएको दाबी निगमले गरेको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. १२.५५, डिजेलमा प्रतिलिटर रू.११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर रू.४६१.२२ घाटा हुने निगमको दावी छ । इन्धनको मूल्य वृद्धिले अन्य क्षेत्रमा मूल्य वृद्धि गराउने निश्चित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button