मुख्य समाचारराजनीति

तीन दिनदेखी बेपत्ता भनिएकी विमला ओली माओवादी केन्द्रको सम्पर्कमा

१६ साउन, बुटवल । तीन दिनदेखि पार्टीको सम्पर्क भन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्री वलीले परिवारका सदस्यमार्फत पार्टीलाई सम्पर्क गरेकी छन् । आफू उपचारका क्रममा नेपालगञ्जमा रहेको भन्दै वलीले परिवारमार्फत नेकपा माओवादी केन्द्रलाई जानकारी पठाएकी हुन् । घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको परिवारका सदस्यबाट जानकारी आएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए ।

परिवारका सदस्यहरुले उपचारमा रहेको बताएपनि कस्तो स्वास्थ्य समस्या हो र कुन अस्पतालमा उपचाररत हो भन्नेबारे पार्टीलाई जानकारी नभएको दाङकै माओवादी केन्द्रकी सांसद दामा शर्माले बताइन् । तत्कालिन नेकपाबाट दाङ ३ (ख) बाट उप निर्वाचनमा विजयी भएकी ओलीले सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन् ।

पार्टीको शनिबार (आज) हुने संसदीय दलको बैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए । माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशंका गरेको बताए ।

जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । यद्यपि अन्य दलका सांसद तानेर बहुमत पु¥याउने कसरतमा मुख्यमन्त्री पोखरेल निरन्तर लागेको विपक्षीको आरोप छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button