प्रदेश ५मुख्य समाचार

राजीनामा दिएको केहि समयमै फेरी पोख्रेल मुख्यमन्त्रीमा नियुक्त

वैशाख १९ काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिनुभएको हो ।

‘आज मिति २०७८ वैशाख १९ का दिन माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा छ, ‘यस अघि नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखज्यू समक्ष दावी पेश गर्नुभएको थियो ।’

पोखरेलले आज नै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँले आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाउनु भएको थियो । वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् ।

एमालेको कुल सांसद संख्या पनि ४१ नै हो । जसमध्ये मुख्यमन्त्री पोखरेलको राजीनामापछि एमालेतर्फकी सांसद विमला वलीले माओवादी केन्द्रलाई साथ दिने बताएपछि एमालेलाई एकल बहुमत सरकार बनाउन अप्ठेरो परेको छ । यद्यपि प्रदेश प्रमुखबाट पोखरेलले मुख्यमन्त्रीमा पुनर्नियुक्ति पाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button