मुख्य समाचारराजनीतिविचार / दृष्‍टिकोणसमाज

हाम्रो चुनावी जित भित्र बल्झने अनुशासनको प्रश्न

निश्चित विचार तथा दर्शनमा बाँधिएको संगठन र सोही विचारबाट निर्देशित कार्यकर्ता सहितको राजनीतिक दल हाम्रो पार्टी माओवादी(केन्द्र)को छानबिन समितिले स्थानीय तह निर्वाचनमा भएका अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई निलम्बन र निष्कासन गर्न सिफारिस गरेको सवाल अनि अध्यक्ष ‘प्रचण्ड’ले अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई दण्डित गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने अन्यथा नगर्दा पार्टी कम्युनिस्ट पार्टीजस्तो नरहने भन्दै सबै नेतारकार्यकर्ता मा अनुशासित बन्न दिएको निर्देशनात्मक जवाफ बिच अब हाम्रा नेता तथा कार्यकर्ता पार्टी अनुशासनको दायराभित्र बस्नु पर्नेछ र उस्का अभिव्यक्ति र गतिविधिले समाजमा पार्ने पार्टी दृष्टिकोण बारे ख्याल गर्नु पर्नेछ । ब्यवस्था परिवर्तन हामिले गर्यौ भने मुलुकको अवस्था परिवर्तन पनि हामि बाहेक अरु दलले गर्न नसक्ने वर्तमान र विगतका तमाम राजनीतिक घटनाक्रमले पुष्टि भैसकेको यस् घडिमा हाम्रो नेतृत्वका उपलब्धि हरुलाई अनुशासित तवरले प्रचारप्रसारमा लैजान पनि एकैसाथ देसैभरका नेता कार्यकर्तामा पार्टीले निर्देश गर्नु पर्नेछ । निश्चित नीति र कार्ययोजना बोक्ने हाम्रो पार्टी जहाँ कार्यकर्ता अनुशासित छन् र पार्टी नीति नियमभन्दा बाहिर जाँदैनन र गय कारवाही हुन्छ भन्ने स्थापित गर्नुछ । यिनै अनुशासित कार्यकर्ताको भरमा हिजो पार्टीले हतियार उठायो , जनाअन्दोलन गर्यो र आज सत्ताद्धारा समृद्धिको अभियान चलाइरहेछ । हाम्रोमा अनुशासन कडा छ र हुनु पनि पर्छ , अनुशासन बिहिन कार्यकर्ताले अराजकता थपी पार्टीभित्र भद्रगोल जन्माउनेछन् र प्रतिफलमा आन्दोलन हाम्रो दिशाबिहिन बन्नेछ । बिडम्वना एकातर्फ पार्टीकै केहि गैह्रजिम्मेवार नेतृत्वकै आडमा अनुशासन तोड्ने होडबाजि चलाउने , निहित स्वार्थ सिद्धि गर्ने र प्रतिकुल महसुस हुदा पार्टी त्याग्ने अवसरबादि अराजकताले पार्टी प्रतिको जनताको भरोसा घट्दो छ भने ऐन मौकामा ब्यवस्था बिरोधिहरु पनि सल्बलाइ रहेछन् । त्यसैले ख्याल गरौ सजग बनौ हामी कार्यकर्ताका विचारहरु उड्दा पार्टीकै विधिरबिधानको परिधि भित्रै उड्नु पर्ने हुन्छ र आफुखुसी उडिहिड्ने घुमन्ते चरी झै गतिविधिहरु कुनै पनि हालतमा क्षम्य बन्न दिनु हुदैन ।
हामी माओवादी कार्यकर्ताका बोली , व्यवहार र सामाजिक संजालका गतिविधि हरुले चुनावी माहोल निर्माण गर्नेहुदा हामी जिम्मेवार नबनी हामी भित्रका ब्याक्तिवादी अराजकता र उत्सृङखलताहरुलाई वर्तमान भनि स्वीकार गर्यौ भने अराजकहरुको ठुलो भीड बढ्दै जाने , हामी आफैलाइ थिच्ने र अन्तत हामि हाम्रै साझा अस्तित्वकै प्रश्नमा झुण्डि रहेको अवस्थामा पुग्ने छौ ।
अत पार्टी भित्रका म, तपाई र हामि नेतारकार्यकर्ता पार्टी अनुशासनमा बाधिनुपर्नेछ र पार्टीले पनि बाँध्नु पर्नेछ अनि मात्र अराजकतातिर मोडिदै गरेको हाम्रो मनोबिज्ञान रोकि आसन्न निर्वाचनमा पार्टी बिजय , कम्युनिस्ट आन्दोलनको पुनर्गठन र समाजवादको यात्रा हाम्रै पार्टी माओवादी (केन्द्र) र उनै चतुर, दुरदर्शि, डाइनामिक प्रचण्डै कै नेतृत्वमा कोर्न हामी सक्षम हुनेछौ । अनिमात्र हामी हाम्रो चुनावी जित भित्र बल्झने अनुशासनको प्रश्नको उत्तर पस्कदै ब्याक्तिले हैन पार्टी र वर्गको जित पस्कन सक्षम् बन्नेछौ ।

गंगा रावत(सागर)
वाईसिएलनेपाल, केन्द्रिय सदस्य

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button