प्रदेश ३समाज

काठमाडौंमा पर्यो आज अचानक असिना र पानी

काठमाडौं –  काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो एक्कासी वर्षा भएको छ । छोटो समय असिनासहित वर्षा हुँदा काम विशेषले यात्रा गर्नेहरु समस्यामा परे । उपत्यकामा कतै पानी परे पनि कतै भने घाम लागिरहेको छ ।

वर्षा भएको क्षेत्रमा पनि केहीबेर पछि नै घाम लागेको थियो । बिहीबार साँझदेखि मौसम बदली भएकामा शुक्रबार दिउँसो छोटो समय मात्र वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले हावाहुरी र चट्याङ पर्न पर्ने भए पनि ठूलो वर्षा नहुने बताएको छ । ठूलो वर्षा नभए पनि एक्कासी परेको पानीले सडकमा व्यापार गर्नेहरु, काम विशेषले यात्रा गर्नेहरु प्रभावित भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button