Uncategorizedमुख्य समाचार

नेपाल पत्रकार महासंघका पूर्व पदाधिकारीद्वारा निर्वाचन अगाडि बढाउन आह्वान ,

नेपाल पत्रकार महासंघका पूर्व पदाधिकारीहरुले संयुक्तरुपमा नेपाल पत्रकार महासंघको निर्वाचन अगाडि बढाउन आह्वान गरेका छन् । पूर्व अध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी, पूर्व महासचिव ओम शर्मा, पोषण केसी, पूर्व सचिव रामजी दाहाल, पूर्व कोषाध्यक्ष तेजप्रकाश पण्डित, प्रेस युनियन केन्द्रीय सल्लाहकार शिव लम्साल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल र प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

निर्वाचन तयारीको पूर्व सन्ध्यामा विभिन्न विवाद देखाएर निर्वाचन प्रक्रिया अवरुद्ध गर्न खोजिएकोप्रति उनीहरुले आपत्ति जनाएका छन् । निर्वाचन प्रक्रिया अवरुद्ध कुनै गतिविधि नगर्ने र आपसी संवादबाट विवादित विषयको निरुपण गर्ने महासंघ नेतृत्वलाई उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button