मुख्य समाचारराजनीति

गृहमन्त्रीसंग बिप्लवको वार्ताः के होला त निकास ?

फाल्गुन १८, काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बिप्लव नेकपासँग वार्ताका लागि टोली गठन गरिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनु भएको छ । समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले बिप्लव नेकपाले वार्ता टोली गठन गरेमा चाँडै वार्ता हुने सरकारको अपेक्षा रहेको भन्दै हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लाग्ने बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता चन्दसँग वार्ता हुन लागेको संकेत गरिहनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button