मुख्य समाचार

प्रधानमन्त्री ओलीलाई रामकुमारी झाँक्रीले दिईन कागजी तानाशाहीको संज्ञा

१३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कागजी तानाशाहीको संज्ञा दिएकी छिन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेतृ झाँक्राीले ओलीलाई कागजी तानाशाहीको संज्ञा दिँदै उनको दिनगन्ति सुरू भएको र तानाशाह ढल्न समय नलाग्ने टिप्पणी गरेकी छिन् ।

साथै नेतृ झाँक्रीले प्रधानमन्त्री ओलीको पशुपति दर्शनको विषयमा पनि टिप्पणी गरेकी छिन् । प्रधानमन्त्री ओलीले शक्तिपिठहरु धाउँनुले राजा ज्ञानेन्द्रका कारण राजतन्त्र नासिँदै गएको अवस्थामा नागरिक अभिनन्दन गर्दै शक्तिपिठहरु धाउँदै गरेको याद आएको बताएकी छिन् ।

उनको ट्वीटः तत्कालिन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिदै थियो,ठिक त्यही बेला उनले नागरीक अभिनन्दनू खादै देशभरीका शक्तिपिठ धाउदै गरेको खुब याद आयो खड्ग प्र। शर्मा ओलीले शक्तिपिठ धाएको देखेर । उनको दिनगन्ति सुरू भयो अब। कागजी तानाशाह ढल्न समय लाग्दैन।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button