प्रदेश ३समाज

प्रहरी माथि स्थानीयको आक्रमण, दुई राउण्ड हवाई फायर

मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका(१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

प्रहरीको कामकारबाहीमा बाधा पुर्‍याएको भन्दै राक्सिराङ(१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उहाले बताए ।

मकवानपुरको राक्सिराङ गाउँपालिका(१ गाल्छाराङमा बारीमा लुकाइराखिएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो । यसैबीच राक्सिराङ(१ कुपिनटारबाट १५ किलो गाँजा र १४ किलो भाङ बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button