प्रदेश ३

मृत्यु पश्चात् कोरोना संक्रमण पुष्टि

विराटनगर : बुधबार राती कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार बुधबार राती अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका-६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवका अनुसार बुधवार राति ११:०० बजे अस्पतालको आइसोलेसनमा उनलाई भर्ना गरिएको थियो । अस्पतालले तत्काल उनको स्वाब संकलन गरेको थियो । बुधवार राती नै १२:१५ बजे उनको मृत्यु भएको हो ।

प्रदेश प्रयोशालामा गरिएको परिक्षणमा मृतक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । उनको रिपोर्ट बिहीबार बिहान करिब १० बजेतिर आएको थियो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका ती व्यक्तिमा उच्च रक्तचाप र मधुमेह पनि थियो । बिराटनगरकै लाइफ गार्ड अस्पतालमा उपचाररत रहेका उनलाई रेफरगरी कोशी अस्पताल पठाइएको थियो ।

मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकाले उनको शव व्यवस्थापन नेपाली सेनाबाट गरिने प्रबक्ता यादवले बताए ।

Related Articles

Back to top button