मुख्य समाचारराजनीति

उपराष्ट्रपतिद्वारा सार्वजनिकरुपमै संसद विघटनको बिरोध भयो : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा बिघटनमा उपराष्ट्रपतिको बिरोधलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले उपराष्ट्रपतिद्वारा सार्वजनिकरुपमै संसद विघटनको बिरोध हुनुले व्यवस्थाको कमजोर नैतिक धरातल उदांगो भएको बताएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार एक कार्यक्रममा प्रतिनिधिसभाको विघटनपछि राजनीतिक अस्थिरता पैदा भएको बताएका थिए ।

अध्यक्ष थापाले प्रतिनिधिसभा विघटन सम्वन्धि मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन रहेकै अवस्थामा राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा सार्वजनिकरुपमै बिरोध र आलोचना हुनुले संविधान, व्यवस्था र वर्तमान राजनीतिको कमजोर नैतिक धरातललाई उदांगो पारेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button