मुख्य समाचारराजनीति

गगनले सरकारलाई झ्यालखानाको संख्या थप्न दिए चुनौती

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित बनेका छन् । प्रचण्ड नेपाल समुहका यूवा नेत्रि झाक्रीको पका्रउ पछि नेता थापाले सत्यको पक्षमा बोल्नेको मुख बन्द हुनेछैन भन्दै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् ।

केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् । उनले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरेको भन्दै आक्रोश व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button