मुख्य समाचारस्वास्थ्य

सरकारले फागुन २३ देखि ६० वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने

५ फागुन, काठमाडौं । सरकारले फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज कोरोना अध्यावधिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो ।

माघ १४ गतेदेखि सञ्चालन भएको कोभिड खोप अभियान अन्तर्गत फागुन ४ गते मंगलबारसम्म दुई लाख ६३ हजार चार सय ८६ जनाले खोप लगाएको गौतमले बताउनु भएको हो ।

उहाँका अनुसार प्रदेश १ मा ७२ प्रतिशत, प्रदेश २ मा ८४ प्रतिशत, बागमती प्रदेशमा ८४ प्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा ७० प्रतिशत, कर्णाली प्रदेशमा ७२ र सुदुरपश्चिम प्रदेशमा ९१ प्रतिशतले खोप लगाएका छन् ।

माघ १४ गतेदेखि पत्रकार, स्वास्थ्यकर्मी, भन्सारमा कार्यरत कर्मचारी लगायतले खोप लगाएका थिए । भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप अहिले प्रयोग भइरहेको छ। सरकारले भारतसँगै थप २० लाख डोज खोप ४ डलर दरमा खरिद गर्ने निर्णय गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button