मुख्य समाचार

प्रचण्ड-नेपाल समूहलाई ओलीले दिए भगौडाहरुको संज्ञा

२४ पुस, धनगढी । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको बताएका हुन् । बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा हामी यहाँ छौं भनेर बसेको उनले बताए ।

यस्तै ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् । ओलीले विघटित प्रतिनिधिसभा कुनै हालतमा पुनर्स्थापना नहुने आफ्नो पुरानै अडान दोहोरयाएका छन् ।

ओलीले निर्धारित मिति वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने ठोकुवा गरेका छन् । उनले निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी थालेकोसमेत बताएका छन् ।

साथै आफू ६४ प्रतिशतको प्रधानमन्त्री हुँदा संसद् विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेकाले कुनै पनि हलतमा पुनर्स्थापना नहुने उनको तर्क थियो । प्रधानमन्त्री ओलीले चुनावमा गलत र राष्ट्रघाती तत्वलाई तलैबाट तह लगाउन जनतालाई आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button