राजनीति

ओलीले प्रचन्डलाई सोधे – कुन प्रचण्ड सक्कली, कुन नक्कली ?

नेकपा अध्यक्ष ओलीले नयाँ नक्सा जारी गरेको विषयमा पार्टी स्थायी कमिटीको निष्कर्ष र प्रचण्डको प्रस्ताव बाझिएको बताएका छन् ।

२६ भदौको स्थायी कमिटी बैठकको निर्णयमा ‘यो बैठक नेपालको नयाँ नक्सा प्रकाशन र यस प्रयोजनका लागि संविधान संशोधन सहितको ऐतिहासिक निर्णयका लागि सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ‘ भनिएको र अहिले प्रचण्डको प्रस्तावमा आफ्नो निष्ठामाथि प्रश्न उठाएर ‘राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिएको’, ‘विदेश मामला र कुटनीतिमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै‘ देशलाई क्षति पुर्‍याएको’ जस्ता आरोप लगाएको भन्दै ओलीले भनेका छन्, कुन चाहिँ सक्कली र कुन नक्कली हो रु म साँच्चै नै कन्फ्युज्ड भएको छु ।’

साथै उनले आफूभन्दा पहिला प्रचण्ड दुई पटक प्रधानमन्त्री भएको बेला लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न तपाईंलाई के कुराले छेकेको थियो रु भनेर प्रश्न समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग भएको भेटबारे उठाइएको प्रश्नमा समेत असन्तुष्टि जनाएका छन् । विशेष अवस्थामा राष्ट्राध्यक्षरसरकार प्रमुखले पठाएका गैर कुटनीतिक क्षेत्रका प्रतिनिधिलाई उनको पदीय हैसियत सोधेर भेट्ने नभेट्ने तय नगरिने उनको तर्क छ । तर जसले विदेशी गुप्तचर पदाधिकारीहरुसँगको अपारदर्शी भेट र सम्बन्धमा एकखालको लत बसेको छ, उनीहरुले नै आफूमाथि प्रश्न उठाउँदा निकै दुःख लागेको ओलीले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button