मुख्य समाचारराजनीतिविशेषशिक्षा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विजय स्मारक मा.वि का प्र.अ शर्मालाई दल्यो कालोमोसो

काशिराम जैसी,
३० भाद्र, काठमाडौँ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा रहेको विजय स्मारक मा.वि का प्रधानाध्यापक डिल्ली शर्मालाई कालोमोसो दलेको छ ।
विद्यालयमा भएका गलत क्रियाकलापको बारेमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेको भन्दै सांकेतिक कारबाही स्वरुप कालोमोसो दलेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० द्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
विद्यालयमा विद्यार्थीहरुले पढ्न पाउने संवैधानिक मौलिक अधिकारलाई कुन्ठित गरि सहयोग शुल्कको नाममा शुल्क तोकि असुलि गरिएको,विद्यार्थीलाई शारिरीक तथा मानसिक यातना दियको पाइएको,प्र।अ। को जिम्मेवारिमा कलंक लगाउने गरी विद्यालयलाई राजनीतिकरण गरिएको,विद्यालयलाई राज्यले दिइएको पोषण आहारमा कमिसनको लोभमा अखाद्य गुणस्तरहिन र अस्वस्थ खाजा खुवाइएको,ल्याबका सामाग्रिहरु खरिदमा व्यापक अनियमितता गरेको, पुस्तकालय व्यवस्थापनको नाममा अनियमितता गरेको,विद्यार्थीहरुले संगठनमा संगठीत हुन पाउने नैसर्गिक अधिकारलाई कुन्ठित गरिएको,विपरित राजनैतिक आस्था राख्नेहरुको विरुद्ध विद्यालयबाहिरका मान्छेहरु लगाई विद्यार्थीहरुलाई दमन गर्ने गरिएको,विद्यार्थीहरुको न्यायोचित मागहरुप्रति उदासिन भएको कारण देखाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष महेन्द्र ओलीद्वारा हस्ताक्षरित वक्तव्यमार्फत् आरोप लगाएका छन्।
यस्तै विजय स्मारक मा।वि का प्रधानाध्यापक डिल्ली शर्माले कालोमोसो दलिएको स्वीकार्नु भएको छ भने उहाँले आफू कानुनी कारवाहीमा जाने र नजिकैको प्रहरी कार्यालयमा उजुरी दिई सकेको पनि बताउनु भएको छ । कालोमोसो दल्नुका कारण पुष्टि गर्न पनि भन्नु भएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० ले यसभन्दा अघि पनि शिक्षा क्षेत्रमा मौलाएको नीजिकरण, व्यापारिकरण तथा माफियाकरणका विरुद्ध संघर्ष गर्दै आएको छ भने जनवादी, वैज्ञानिक तथा व्यवहारीक शिक्षा प्राप्तिको लागि निरन्तर लागी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button